
२५ कात्तिक, धादिङ –
धादिङको धुनीबेसी नगरपालिका वडा नं ९ पीपलामोडमा मालबाहक ट्रक दुर्घटना भएको छ ।
बुटवलबाट काठमाडौँ जाँदै गरेको लु १ ख ७२१० नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ट्रकका चालक रुपन्देही घर भएका ४० वर्षीय तीर्थ विक घाईते भएका छन् ।
घाईतेको काठमाडौँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।
२०७४ कात्तिक २५ गते प्रकाशित