२६ कार्तिक, धादिङ ।
मुग्लिन–नारायणगढ सडकखण्ड अहिले बन्द भएको छ । मुग्लिन–नारायणगढ सडक खण्डमा बाटो मर्मत र चट्टान हटाउने काम भइरहेकाले बाटो बन्द गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड आयोजनाले जनाएको छ ।
ठूला ढुंगालाई अहिले फुटाएर हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार बिहान १० बजेतिर बाटो खुलाएर जाममा रहेका गाडी हटाउने तयारी भएको छ ।
आइतबारदेखि यो सडकखण्डमा कालोपत्रे गर्ने ठाउँमा एकतर्फी बाटो सञ्चालन गरिने र भित्तो काट्ने ठाउँमा बिचबिचमा सडक रोक्दै काम अघि बढाइनेछ ।आइतबारदेखि एकहप्ता परीक्षण स्वरुप बाटो रोक्दै, खुलाउँदै मर्मत गरिने प्रहरीले जनाएको छ ।
२०७४ कार्तिक २६ गते प्रकाशित