२७ कात्तिक, धादिङ –
गायक, गीतकार तथा संगीतकार मानस राजको नयाँ गीत ‘भाईरल भैदियो’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा एक युवतीलाई एकोहोरो माया गर्ने युवकले आफ्नो मनको कुरा नृत्य शैलीमा भनिरहेका छन् ।
मनको याद भाईरल भएको भन्दै युवतीको पछि पछि ति युवक देखिन्छन् । गीतमा आठ वर्षिया दीक्षा ठकुरीको सुन्दर नृत्य समेत समावेश गरिएको छ ।
आफ्नै शब्द तथा संगीतमा मानस राजले गाएको उक्त गीतको भिडियोलाई सबिन कार्की ‘बिस्ट’ले तयार पारेका छन् । सबिनको लोभलाग्दो नृत्यसँगै उनी आाफैले निर्देशन तथा सम्पादन समेत गरेका छन् । गीतका एरेन्जर उदय राज पौडेल हुन् ।
२०७४ कात्तिक २७ गते प्रकाशित