२७ कार्तिक, धादिङ ।
धादिङबेसीबाट धुवाँकोट जार्दै गरेको ट्रक नीलकण्ठ नगरपालीका वडा नम्बर १४ स्थित रातमाटेमा आईतबार बेलुका ८ बजे दुर्घटना हुदा ६ जना घाईते भएका छन् । धादिङबेसीबाट सामान बोकेर जादै गरेको बा १० च ९७०७ नम्बरको ट्रक रातमाटेमा दुर्घटना भएको छ । ट्रक सडकबाट ४० मितर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाईते हुनेहरुमा धादिङको गँगा जमुना गाउँपालिका वडा नम्बर १ का बर्ष २४ का सन्तोष तामाङ, गँगा जमुना गाउँपालिका वडा नम्बर ४ बस्ने ३० बर्षिय शालिक थापा मगर,सोहि स्थान बस्ने बर्ष २२ का सागर तामाङ,गँगा जमुना गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष २१ का उमेश तामाङ, निलकण्ठ नगरपालीका वडा नम्बर १४ बस्ने बर्ष २५ का सुमित्रा गुरुङ र उनका छोरा ८ बर्षिय सुजन गुरुङ रहेका छन् । उनीहरुको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
२०७४ कार्तिक २७ गते प्रकाशित