

२९ कात्तिक, धादिङ –
खानेपानी अभाव बेहोरिरहेका धादिङको गजुरी गाउँपालिका –६ श्यामैडाँडाका चेपाङ समुदायमा खानेपानी आयोजना बन्ने भएको छ ।
सत्य साई सेवा संगठन नेपालले निमार्ण गर्न लागेको सत्य साई सामुदायिक खानेपानी आयोजना र सत्य साई साधना भवनको शिलान्यास अध्यक्ष रेड्डी र श्रीमति हाइमा रेड्डीले मंगलबार संयुक्त रुपमा शिलान्यास गरेका हुन । शिलान्यास कार्यक्रममा वेद पाठ र सत्य साई साधना गरिएको थियो ।
आयोजना छिटो निमार्ण गरी दिगोरुपमा सञ्चालन गर्न सत्य साई अन्र्तराष्ट्रिय संगठनका अध्यक्ष नरेन्दैनाथ रेड्डी शुभकामना दिएका छन् । चेपाङ समुदायमा निशुल्क स्वास्थ्य शिविर र नारायण सेवा (सामुदायिक भोजन) आयोजना गरिएको थियो ।
स्वास्थ्य शिविरमा बाल रोग, स्त्री रोग, दन्त, आँखा, साधरण चेकजाँच विषेशज्ञ डाक्टरहरुबाट परार्मश सवा उपलव्ध थियो । गाँउघरमै शिविर सञ्चालन भएकाले बालवालिका, विद्यार्थी, वृद्धवृद्धा, वयस्क महिला तथा पुरुषहरु ७ सय भन्दा बढीले स्वास्थ्य परिक्षण गराई नाराण्यण सेवा ग्रहण गरेको वडा सदस्य संगिता चेपाङले बताईन ।
खानेपानीको अभाव भएको समाचार पढेर श्यामैडाँडाका चेपाङ समुदायसंग सम्र्पक गरेको र उहाँहरुसंगको छलफलप पछि सामुदायिक सेवाका लागि खानेपानी आयोजना निमार्ण गर्न शुभारम्भ गरेको सामुदायिक सुधारमा काम गर्न सामुदायिक भवन निमार्ण गर्न लागेको सत्य साई सेवा संगठन नेपालका अध्यक्ष अमर बहादुर कार्कीले बताए । खानेपानी आयोजना निमार्ण पश्चात एक सय ६१ परिवार चेपाङ लाभाम्वित हुनेछ ।
२०७४ कात्तिक २९ गते प्रकाशित