Sat. Jul 5th, 2025

पाविलन्यूज डट कम अनलाइन चौथो वर्षमा प्रवेश


१ मंसिर, धादिङ –

धादिङ मिडिया नेटवर्कद्धारा सञ्चालित पाविलन्यूज डटकम तेस्रो वर्ष पूरा गरि चौथो वर्षमा प्रवेश गरेको छ ।

धादिङ जिल्लाबाट सञ्चालित अनलाइन वि.स.२०७१ मंसिर १ गतेबाट विधिवत रुपमा सञ्चालनमा आएको थियो । अनलाइनले धादिङ लगायत देशैभरका कुनाकाप्चाका सुचना, सन्देश, समाचारलाई समेट्दै आइरहेको छ । स्थापनाको छोटो समयमै पाठक, दर्शक र श्रोताको मन जित्दै लोकप्रिय बन्न सफल यस अनलाईनले अझै जनतालाई सुसूचित पार्दै अघि बढ्ने जनाएको छ ।

धादिङको सदरमुकाम धादिङबेसीबाट सञ्चालन भइरहेको अनलाइनले शिक्षा, स्वास्थ्य, राजनैतिक, आर्थिक, सामाजिक, खेलकुद, मनोरन्जन तथा समसामयिक विषयबस्तुहरुलाई समेटेर सामग्रीहरु प्रस्तुत गरिरहेको छ । धादिङ जिल्ला र आसपासका जिल्लाहरुलाई विशेष प्राथमिकतामा राखेर अनलाइन सञ्चालन गरिएको अनलाइनका अध्यक्ष नवराज छत्कुलीले जानकारी दिए ।

संविधानका विविध पक्ष, राष्ट्रियताको पक्षपोषण, सुशासन र पारदर्शिता, सामाजिक परिवर्तन, नागरिकहरूको हक(अधिकार र स्वाभिमानप्रति अनलाइन सधैँ चनाखो हुँदै आएको छ । आगामी दिनहरुमा पनि पाविलन्यूजले समेट्ने समाचार तथा विषयबस्तुको घेरा अझै फराकिलो बनाई सुचना, सन्देश दिलाउनका लागि तत्पर रहने अध्यक्ष छत्कुलीले बताए ।

यसैबीच चौथो वर्ष प्रवेश गरेको अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द्र आचार्य र धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले अनलाइनको सफलताको शुभकामना व्यक्त गर्दै जनतालाई सूचना, समाचार मार्फत सुशुचित पार्न सदैव लाग्न शुभकामना व्यक्त गरेका छन् ।

धादिङ मिडिया नेटवर्कद्धारा हाल पाविलन्युज डटकम अनलाइन र पाविल साप्ताहिक पत्रिका प्रकाशन हुँदै आइरहेको छ । भने युटुव च्यानल पनि रहेको छ ।

 

२०७४ मंसिर १ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: