Sat. Jul 5th, 2025

राष्ट्रिय कफी दिवस : आयात र निर्यातमा कमी, उत्पादनमा वृद्धि


१ मंसिर धादिङ –

आज १३ औं राष्ट्रिय कफी दिवस स् ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन १ सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

यसवर्ष कफीको उत्पादन ७ प्रतिशत बढेको छ । गएको वर्ष कफी रोपण वर्ष घोषणा गरेर सरकारी, निजी र सहकारी लगायतका क्षेत्रले कफीको सम्बद्र्धन प्रवद्र्धनमा जोड दिएकोले अघिल्लो आर्थिक वर्षको तुलनामा गएको वर्ष कफीको उत्पादन बढेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

बोर्डको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०७२र७३ मा मुलुकमा ४ सय ३४ टन कफीको उत्पादन भएको थियो । आर्थिक वर्ष २०७३र७४ मा कफीको उत्पादन बढेर ४ सय ६६ टन उत्पादन भएको थियो । त्यस्तै कफीको रोपण क्षेत्र पनि बढेको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए ।

२०७४ मंसिर १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: