
१ मंसिर, दोलखा –
दोलखा वाम गठबन्धनका तर्फबाट प्रदेश सभा १ का उम्मेदवार विशाल खड्काले एमाले–माओवादी केन्द्रबीचको वाम गठबन्धन नेपाली कांग्रेसलाई हराउन नभई आम नेपाली जनताको भाग्य र भविष्यको फैसला गर्नको लागि भएको बताएका छन् ।
कांग्रेसलाई त विगतका चुनावमा माओवादी वा एमाले एक्लैले पनि हराएको बताउँदै खड्काले अहिलेको वाम गठबन्धन मुलुकको अग्रगामी रुपान्तरणका लागि भएको बताए।
प्रतिगामी र प्रतिक्रियावादी शक्तीहरुलाई परास्त गर्दै नेपाली कम्युनिष्ठहरुलाई संगठीत गरेर नेपाली जनताको भावनाअनुसार परिवर्तनको लागि भएकाले वाम गठबन्धनलाई दुई तिहाईभन्दा बढी बहुमत दिलाउन आग्रह गरे ।
दोलखाको तामाकोशी गाउँपालिकास्थित मालुमा आयोजित चुनावी सभामा बोल्दै उम्मेदवार खड्काले एमाले र माओवादीबीचको एकता कार्र्यगत नभई रणनीतिक भएको र पछि गएर पार्टी एकतामा गएर टुंगिनेसमेत बताए ।
२०७४ मंसिर १ गते प्रकाशित