Sat. Jul 27th, 2024

प्रस्तावना लेखन सम्बन्धी २ दिन तालिम धादिङबेसीमा सुरु

IMG_8821

२७ फागुन,  धादिङ – आदिवासी जनजातीहरुका लागि २ दिने नेतृत्व विकास, प्रस्ताव लेखन र व्यवस्थापन सम्बन्धी तालिम बुधबारबाट धादिङबेसीमा सुरु भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धादिङकोे आयोजना तथा जिल्ला विकास समिति धादिङको आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिममा धादिङ जिल्लामा रहेका १० आदिवासी जनजाती समुदायका ४२ जनाको सहभागीता रहेको छ ।

तालिमको बुधबार एक कार्यक्रमका बीच जिल्ला विकास समितिका योजना तथा प्रशासकिय अधिकृत युवराज अर्यालले उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन गर्नुहुदै उहाँले धादिङ जिल्लाका आदिवासी जनतातिहरुमा एकताको भावना हुन जरुरी रहेको बताउनु हुँर्दै राज्यले प्रदान गरेको सेवा सुविधा लिनबाट बञ्चित नहुन समेत आदिबासी जनजातिहरुलाई आग्रह गर्नु भएको छ । आदिवासी जनजातिहरुको क्षमता अभिबृद्धि गर्नुका साथै योजना माग गर्नका लागि तालिमले सहज वातावरण बनाउने बताउनुभयो । विभिन्न व्यक्तिहरुको काम गर्ने शैली, ज्ञान तथा क्षमता अभिबृद्धि गर्न, शान्ति विकास, समबृद्धि बातावरण जनताला्ई उपलब्ध गराउन, प्राकृतिक प्रकोपहरुको न्यूनिकरणको लागि समेत यस तालिमले उपयोगी हुने उहाँको भनाई छ ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धादिङका अध्यक्ष हरिशंकर गिद्धेलमगरको अध्यक्षता भएको उद्घाटन सत्रको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धादिङका सल्लाहकार एवं नेपाली काङग्रेस धादिङका जिल्ला सचिव भक्त लामा, एकिकृत नेकपा माओवादी धादिङका अध्यक्ष राम बहादुर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङका प्रतिनिधि भिम बहादुर दर्लामी, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धादिङका सल्लाहकार हरिपाटा मगर, वातावरण तथा उर्जा मन्त्रालयका इन्जिनियर विन्दा तामाङ लगायतले तालिमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

तालिमको पहिलो दिन नेपाल आदिवासी जनजाती महासंघका सदस्य सोम धिमालले परियोजना के हो ?, यो किन आवश्यक छ ?, प्रस्ताव लेखनमा हुने आधारभूत तत्वहरु, योजना भनेको के हो ?, योजनाका प्रकारहरु, योजना तथा परियोजनाको छनोट कसरी गर्ने, योजना सफलताका आधारहरु, तथा राष्ट्रिय तथा क्षेत्रिय योजनाहरुको छनोट कसरी गर्ने जस्ता विषय बस्तुहरुको बारेमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । त्यस्तै जिल्ला विकास समिति धादिङका आन्तरिक लेखा परिक्षक अधिकृत हरिपाटा मगरले वर्तमान नोपल सरकार र आदिवासी जनजातिहरुको भूमिका, अवस्थाका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: