Fri. Mar 29th, 2024

मकवानपुरका ९ वर्षीय बालिका शिक्षकबाट नै पटक पटक बलात्कृत

रुपक कालीराज

balaktar

२७ फागुन, मकवानपुर(पालुङ)- मकवानपुरको थाहानगरपालिका ७ स्थित श्री सेतीगणेश निम्न माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्यनरतविद्यार्थीमाथि शिक्षकले पटक पटक बलात्कार गरेको आरोपमा स्थानीय आक्रोशित भएका छन् ।

नेपाली बिषय पढाउने शिक्षक बारा जिल्ला घर भइ हाल स्थाइ शिक्षकको रुपमाका काम गदै आएको दिनेश प्रसाद सुबेदीले बिभिन्न धाक धम्कीर प्रलोनमा पारेर आफुलाई पटक पटक बलात्कार गर्ने गरेको विद्यार्थीले बताएकी छन् । दिनेश प्रसाद सुबेदी त्यस विद्यालयमा ३ वर्ष देखि निरन्तार अध्यापन गराउदै आएका थिए । यो भन्दा पहिला पनि विद्याथीहरुलाई यस्तो कार्य गर्दै आएको र विद्याथीहरुलाई थाक धम्की दिदै नभन्नको लागि भनेको पिढित विद्यार्थी गुणसो गदै भनिन् । थाहा नगरपालिकामा किशोरी शिक्षा पढे पश्ताप यौन जन्य कुरा सबैमा खुलाएको स्थानियले बताएका छन ।

स्थानीयको भिडर आक्रोश थेग्न नसके पछि जिल्ला सदरमुकाम हेटौडाबाट थप प्रहरी मगाइ ५ राउण्ढ हवाइृ फाएर गरेको छ । अहिले शिक्षक सुबेदीलाई बिद्यालय भित्रकोठामा राखिएको छ भने स्थानीयले बिद्यालयको झ्यालढोका फुटाएर शिक्षकलाई बाहिर निकाल्न खोजिरहेको छ । आक्रोशित स्थानीयले शिक्षकलाई जुत्ताको माला र कालो मोसो दल्ने भन्दै प्रहरी माथि ढुंगा मुडा प्रहर गरिरहेका छन ।

About The Author

Loading...

अन्य समाचारहरु: