
५ मंसिर, चितवन –
जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ ।
भरतपुरको चुनावी सभामै ढलेका पाख्रिनको मंगलबार निधन भएकोे हो । चितवनको भरतपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी उनीलाई हृदयघात भएको थियो ।
उनलाई तत्कालै नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो । तर, उपचारका क्रममा निधन भएको माओवादी केन्द्रका चितवन इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए ।
सभामा जनगायक पाख्रिनले गीत गाएका थिए । माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धकालमा पाख्रिनले गाएका ‘भोका नाङ्गा नानीहरुु गीत निकै चर्चित बनेको थियो । उनी २०३८ सालदेखि जनतालाई चेतना जगाउने गीत लेख्दै गाँउदै र तीनमा संगीत भर्दै हिँडेका थिए ।
जनताको मूक्तिको सपना देखेर युद्धमा होमिएका खुशीरामले आफ्ना छोरा अमरलाई युद्धकालमै गुमाएका थिए ।
२०७४ मंसिर ५ गते प्रकाशित