
५ मंसिर, धादिङ –
त्रिशुली नदीमा १६ औं हिमालयन ह्वाईट वाटर ¥याफ्टिङ च्याम्पिनसिप सुरु भएको छ ।
नेपाल ¥याफ्टिङ एण्ड क्यानोई संघको आयोजना तथा नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज’ नाराको सहयोगमा मंगलबारदेखि सुरु गरिएको हो । प्रतियोगीतामा भारत, अमेरिका, जापान, टर्की लगायतका देशका २० जना विदेशी र ८१ जना नेपाली गरी १ सय १ जनाको सहभागीता रहेको छ ।
चितवन र धादिङको सिमानामा पर्ने फिस्लिङमा तिन दिनसम्म चल्ने प्रतयिोगीताको मंगलबार फिस्लिङस्थित त्रिशुली नदिकिनारामा एक कार्यक्रमको आयोजना गरी युवा तथा खेलकुद मन्त्रालयका उपसचिव जर्नादन रिजालले उद्घाटन गरे ।
नेपालमा साहसिक जलयात्रा पर्यटनको विकास तथा जलखेलाडीको सीप र दक्षता विकासका लागि प्रतियोगीताको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष मानबहादुर न्यौपानेले बताए ।
प्रतियोगीतामा प्रथम, द्धितीय र तृतीय हुने खेलाडी इन्डोनेसियामा हुने एसियन गेममा सहभागी हुन पाउने आयोजकले जानकारी दिएको छ ।
२०७४ मंसिर ५ गते प्रकाशित