

६ मंसिर, गोरखा–
गोरखाको २७ मतदान केन्द्रमा हेलिकप्टरबाट मतदान सामग्री लगिएको छ । विकट उत्तरी क्षेत्रका ती केन्द्रमा नेपाली सेनाको हेलिकप्टरबाट मतदान अधिकृतसहित सामग्री लगिएको हो ।
चुमनुब्री गाउँपालिकाको २० र धार्छे गाउँपालिकाको ७ मतदान केन्द्रमा मंगलबार सामग्री पुर्याइएको हो । मतदान अधिकृतबाहेकका कर्मचारी र सुरक्षाकर्मी भने मङ्सिर २ गते पैदलै त्यसतर्फ गएका हुन् । ती केन्द्रहरूमा पुग्न सदरमुकाम गोरखा बजारबाट ३ देखि बढीमा ७ दिनसम्मको पैदलयात्रा गर्नु पर्छ ।
निर्वाचन सकिएपछि मतपेटिका पनि हेलिकप्टरबाटै सदरमुकाम ल्याइने मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताउनु भयो ।
२०७४ मंसिर ६ गते प्रकाशित