९ मंसिर, रुकुम ।
रुकुमको मुसिकोट नगरपालिका वडा नम्बर ६ मा जीप दुर्घटना हुँदा ७ जनाको मुत्यु भएको छ । रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमका लागि छुटेको ग १ ज ४२६० नम्बरको स्कारपियो जीप मुसिकोट नगरपालिका ६ डाडीगाउँमा शुक्रबार साँझ दुर्घटना भएको हो ।
मृत्यु हुनेमा सिस्ने गाउँपालिका ६ का नविन श्रेष्ठ, उनकी श्रीमती अनिता प्रधान, मुसिकोट नगरपालिका १ का सुदन श्रेष्ठ, उनका बुवा शेरबहादुर श्रेष्ठ, जनक शाह, मुसिकोट नगरपालिका १ की सूर्यखा शाह र त्रिवेणी गाउँपालिका १ की यमुना मल्ल छन ।
मृतक नविन श्रेष्ठ प्रहरी निरीक्षक हुन। उनले तीन दिनअघि अनितासँग बिहे गरेका थिए । बिहे सकेर काममा फर्किँदै गर्दा जिप सडकबाट करीब २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
घाइतेको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी र स्थानीयले उद्धार गरी जिल्ला अस्पताल सल्ले लगेका छन ।
२०७४ मंसिर ९ गते प्रकाशित