९ मंसिर, धादिङ ।
धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ४ को वडा कार्यलयमा बम भेटिएको छ । साविकको जीवनपुर गाउँपालिकाको गाविस भवनमा बम भेटिएको ईलाका प्रहरी कार्यलय खानिखोलाले जनाएको छ ।
शुक्रबार साँझ गाविस भवनमा शंकास्पद बस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नेपाली सेनाको बम डिस्पोज टोली घट्ना स्थल जादै गरेको प्रहरीले जनाएको छ ।
घट्ना स्थलमा भने प्रहरी हिजैदेखी खटिएको छ । पृथ्वीराजमार्ग भने कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ । निर्वाचन नजिकिदै गर्दा बम भेटिन थालेपछि स्थानीय त्रसित बनेका छन् ।
२०७४ मंसिर ९ गते प्रकाशित