१० मंसिर, धादिङ –
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धादिङमा आइतबार बिहान सात बजेबाट मतदान सुरु गरिएको छ ।
जिल्लाको २ सय ७५ वटै मतदान केन्द्रबाट मतदान कार्य सुरु गरिएको मुख्य निर्वाचन कार्यालय धादिङले जानकारी दिएको छ ।
मतदान गर्न मतदाताहरु बिहानैदेखि लामबद्ध छन् । वृद्धवृद्धा, अपाङग र सुत्केरीलाई चाडैँ नै मतदान गर्ने व्यवस्था गरिएको छ भने महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ ।
२०७४ मंसिर १० गते प्रकाशित