Fri. Jul 4th, 2025

धादिङको खनियावासमा रहेको बेन्दीदेवी मतदान केन्द्रमा मतदान सुरु हुन सकेन


१० मंसिर,  धादिङ –

धादिङको खनियावास गाउँपालिका वडा नं २ मा रहेको वेन्दीदेवी मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन ।

मतदान केन्द्रलाई कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आफ्नो कब्जामा लिएपछि मतदान सुरु हुन नसकेको हो ।

लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्तालाई मतदान केन्द्रमा जान नदिएपछि मतदान सुरु हुन सकेको छैन ।

शनिबार साँझ बाम गठबन्धनका बुथ प्रतिनिधिहरुलाई उम्मेदवारको सिफारिस पत्र सहित कार्ड बनाउन जादाँ लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले मतदान केन्द्रबाट लखेटेको र आइतबार बिहान सम्म बाम गठबन्धनका कुनै पनि मतदाता र कार्यकर्तालाई मतदान केन्द्रमा जान नदिएको बाम गठबन्धनका नेताले जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले वाम गठबन्धनका बुथ प्रतिनिधि जान नसकेपछि मतदान सुरु हुन नसकेको जानकारी दिए । प्रतिनिधि पुगेपछि मतदान कार्य सुरु गरिने भण्डारीले जानकारी दिए ।

उत्तरका केही मतदान केन्द्रमा चिसोका कारण केही समय ढिलो मतदान सुरु भएको थियो ।

२०७४ मंसिर १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: