Fri. Jul 4th, 2025

झार्लाङको बेन्दीदेवीमा मतदान सुरु


१० मंसिर,  धादिङ –

बामगठबन्धन र लोकतान्त्रिकगठबन्धनबीच विवाद भई मतदान सुरु हुन नसकेको धादिङको खनियावास गाउँपालिका वडा नं २ मा रहेको झार्लाङको बेन्दीदेवी मतदान केन्द्रमा मतदान सुरु भएको छ ।

बिहान १० बजेर १० मिनेटबाट शान्तिपूर्ण रुपमा वेन्दीदेवी आधारभूत विद्यालय, युवा (ख) केन्द्रका मतदान अधिकृत रविन्द्र चौभरीले जानकारी दिए ।

मतदान केन्द्रलाई कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आफ्नो कब्जामा लिएपछि मतदान रोकिएको थियो ।

शनिबार साँझ बाम गठबन्धनका बुथ प्रतिनिधिहरुलाई उम्मेदवारको सिफारिस पत्र सहित कार्ड बनाउन जादाँ लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले मतदान केन्द्रबाट लखेटेको र आइतबार बिहान सम्म बाम गठबन्धनका कुनै पनि मतदाता र कार्यकर्तालाई मतदान केन्द्रमा जान नदिएको बाम गठबन्धनका नेताले जनाएका छन् ।

मतदान केन्द्रमा आवश्यक संख्यामा नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायतका आवश्यक सुरक्षाकर्मी खटाइएको छ ।

 

२०७४ मंसिर १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: