Sat. Jun 22nd, 2024

एसिड छाप्नेलाई फाँसीको माग गर्दै प्रधानमन्त्रीलाई सीमाको पत्र

Sima-latter-tp-pm

नमस्कार प्रधानमन्त्री सुशील कोइराला ज्यू

मेरो नाम सीमा बस्नेत हो । म कक्षा १० मा पढ्ने विद्यार्थी हुँ । मेरो घर मामाघर जे भने पनि रौतहट जिल्ला पौराई गविस वडा नं। १ मा हो । म भविश्यमा एउटा असल गायिका बन्न चाहन्छु तर, मेरो हरेक सपनाहरु पानीमा बगे जस्तै लाग्छ । म एउटा कलिलो भर्खरको काँचो माटो छु । मेरो जन्म वि।सं। २०५५र९र१६ गते रौतहट जिल्लामा भएको हो । म मेरो जिल्लामा कक्षा ६ सम्म अध्ययन गरेर २०६८ साल चैत २५ गते काठमाडौंमा आफ्नो भविश्य राम्रो र उज्वल बनाउन भएकी थिएँ । काठमाडौं शहरमा बसेको ४ वर्ष भयो । म मेरो जीवनमा यस्तो डरलाग्दो सपनामा पनि नसोचेको र कल्पना गर्न नसक्ने घटना घट्दा धेरै दुःखी छु । म त भविश्यमा नाम कमाउने उद्देश्य राखी आफ्नो पढाईलाई मात्र ध्यान दिन्थेँ । हजुरआमाले २०६८ साल वैशाख ५ गते कान्ति इश्वरी राज्य लक्ष्मी माविमा भर्ना गरिदिनुभयो । त्यसपछि अझ राम्रो पढ्ने अवसर भयो ।

म भविश्यमा एउटा असल गायिका बन्न चाहन्छु । मेरो हरेक सपनाहरु पानीमा बगे जस्तै लाग्छ । मेरो जीवन मात्र खेर गएको छैन, यहाँ संगीताको पनि जीवन खेर गएको छ । उसको पनि हरेक इच्छा चाहना सबै खेर गयो । मेलै जीवनमा मोबाइल बोकेकी छैन । फेसबुक पनि खोलेकी छैन र ब्वाइफ्रेण्ड पनि छैन संगीता, म र हेमु एसएलसी परीक्षाका लागि तयार गर्दै थियौं । मैले संगीतालाई चिनेको जम्मा एक हप्ता मात्र भयो । हामीहरु ए प्लस ट्युसन सेन्टरमा पढ्थ्यौं । संगीता, म र हेमु विहान ६ः१५ मा सरको बाटो हेरेर बसेका थियौं । संगिताले मलाई पनि अकाउन्टको हिसाव सिकाउँदै थिइँ । एक्कासी एउटा मान्छेले ढोका खोल्यो । म त सपना हो कि विपना हो भएँ, मेरो हातको कलम समेत बन्द भयो । त्यो मानिसले बोतलमा एसिड ल्याएको थियो । ढोका उखारेर हामीलाई एसिड छ्यापेर भाग्यो । म पछाडिको सेकेण्ड बेन्चमा बसेकाले मेरो निधार र मुखमा एसिड पर्‍यो । टाउकोमा कापाल काट्नु पर्‍यो ।

उसले संगीता र मलाई एसिड किन छ्याप्यो यहि कुराले मलाई दिनरात पिरोलिरहेको छ । तर, त्यो मानिसले हामीहरुमाथि यस्तो डरलाग्दो एसिड जस्ता पदार्थ किन खन्यायो रु तर, मैले भन्नुपर्दा म एउटा विद्यार्थी हुँ । मेरो जीवनमा अहिलेसम्म मोबाइल आफ्नो साथमा बोकेकी छैन । फेसबुक पनि खोलेकी छैन र ब्वाइफ्रेण्ड पनि छैन । मेरो जीवनमा भाइहरु बाहेक अरु कुनै केटा साथीहरु छैन । एसएलसी परीक्षा राम्रो माक्स ल्याएर कजेलमा पढ्ने ठूलो धोको थियो । अब मेरा लागि यस्ता हरेक इच्छा, चाहना र सपना सोच्ने दिन गए ।
त्यसको पनि संगिता र मेरो जस्तै दिदी बहिनी होलान् । हाम्रो ठाउँमा उनीह भएको भए त्यस अपराधीलाइए कति पीडा हुन्थ्यो होला ।
म त यो समाजमा बाँचेर पनि राम्रो काम गर्न सक्दिँन होला जस्तो लाग्छ । यो एसिड छ्याप्ने ब्यक्ति को थियो रु हामीहरुले उसको के विगारेका थियौं होला रु त्यो पनि एसएलसी परीक्षा तयारी गरिरहेका विद्यार्थीहरुमाथि यस्तो व्यवहार किन गर्‍यो ?

त्यसको पनि संगिता र मेरो जस्तै दिदी बहिनी होलान् । हाम्रो ठाउँमा उनीह भएको भए त्यस अपराधीलाइए कति पीडा हुन्थ्यो होला ।
हामीले अहिले जति पीडा भोगेका छौं, उनीहरुलाई पनि त्यति नै पीडा हुन्थ्यो । मानिसले जीवनमा धेरै गल्ती गर्छन् । तर, गल्ती गर्‍यो भन्दैमा जसले गल्ती गरेको हो, उसलाई अन्य तरिकाहरु अपनाएर सम्झाउन सकिन्छ । यदि त्यसरी नमानेमा कानूनको सहायता दिन सकिन्छ । कानून किन बनेको हो र रु यस्तो समस्याहरुको समाधान गर्न बनेको होइन र ?

हाम्रो समाजमा दिन प्रतिदिन यस्तो अवराधिक घटनाहरु किन घटिरहेका छन् रु हामी यस्ता अपराधीहरुलाई अर्थात म र संगीतामाथि एसिड प्रहार गर्ने मान्छेको मनोबल झन बढ्ने देखिन्छद्ध । हामीमाथि एसिड छ्यापेको आज १७ दिन भइसक्दा पनि कुनै एक जनालाई पनि प्रहरीले पक्राउ गर्न सफल नभएको देखिन्छ । आज मलाई यस्तो लाग्छ कि आउँदा चैत ५ गतेदेखि मेरो एसएलसी परीक्षा हुने भएका पनि म दिन पाउँछु कि पाउँदिँन भन्ने अन्यौल छ । सीमा बस्नेतले प्रधानमन्त्रीलार्इ लेखेको पत्रको अन्तिम पन्ना । उनले चार पृष्ठ लामो पत्र लेखेकी छन् । सीमा बस्नेतले प्रधानमन्त्रीलार्इ लेखेको पत्रको अन्तिम पन्ना । उनले चार पृष्ठ लामो पत्र लेखेकी छन् ।

आज म जुन अवस्थामा पुगेको छु । त्यसले गर्दा म पहिलेको अवस्थामा त पुग्न सक्दिन तर, म र संगीतामाथि एसिड प्रहार गर्ने व्यक्तिलाई पक्राउ गर्न नसक्दासम्म भोलिका दिनमा यस्ता घटना अरु नेपाली दिदीबहिनीमाथि हुन सक्दैन भन्न सकिन्न ।
अन्त्यमा प्रधानमन्त्री सुशील कोइराला ज्यू, म यति चाहन्छु कि म र संगीतामाथि एसिड प्रहार गर्ने पापी त्यो अपराधीलाई कानुनी दायरामा ल्याई फाँसीको सजाय होस् ।
सीमा बस्नेत

About The Author

Loading...

अन्य समाचारहरु: