Fri. Jul 4th, 2025

धादिङमा १२ः०० बजेसम्म २५ प्रतिशत मतदान

१० मंसिर, धादिङ–

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा धादिङ जिल्लामा बिहान ७ बजेदेखि १२ः०० बजेसम्म २५ प्रतिशत मतदान भएको छ ।

बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच विवाद भई मतदान सुरु हुन नसकेको धादिङको खनियावास गाउँपालिका वडा नं २ मा बिहान १० बजेर १० मिनेटबाट शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ ।

उत्तरी धादिङको रुबिभ्याली गाउँपालिका वडा नं २ दोङदेन मा.विमा मध्यान्न १२ः०० बजेबाट मतदान सुरु भएको छ । जिल्लाको सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान भईरहेको जिल्ला निर्वाचन अधिकारी ईश्वर सिंखडाले जानकारी दिए ।

बिहान ७ बजे देखि सुरु भएको मतदान कार्य बेलुका ५ बजेसम्म जारी रहने छ । पहिलो चरणको निर्वाचनमा धादिङमा कुल २ लाख ३३ हजार ४ सय ७५ जना मतदाता रहेका छन् ।

२०७४ मंसिर १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: