Fri. Jul 4th, 2025

धादिङका मतदातामा उत्साह कम

सृजना लम्साल / १० मंसिर,  धादिङ –

धादिङमा मतदानको उत्साह सामान्य रह्यो । स्थानीय तहमा जति उत्साहित थिए अहिले त्यो उस्ताह देखिएन । बिहान मतदान सुरु भैसक्दा समेत केन्द्रहरुमा मतदाता उपस्थिति न्यून मात्रै रह्यो ।

जिल्लाभर ५२ प्रतिशत मात्रै मत खसेको छ । सरकारले निर्णय मानेर मात्रै मतदानमा सहभागी भएको मतदाताहरुले प्रतिक्रिया दिएका छन् । ‘पटक पटक भोट हालेर जितायौं, कसैले केही गरेनन्’ निलकण्ठ नगरपालिका ८ की ८३ वर्षीय ओम कुमारी खनाल भनिन्, ‘भरतसंमसेरको पालादेखि निरन्तर भोट हाल्दै आएको छु तर परिवर्तन देख्न पाइएन ।’ उनीले प्रस्तसँग आँखा देख्दिनन् । मतदाताको उपस्तिथी बाक्लै देखिएपनि ८३ वर्षीयओमकुमारीले भने छोराछोरीको विन्तिमा आफु मतदान गर्न अएको बताइन् ।

निलकण्ठ ८ की ९७ वर्षीय भुमाया कोईरालाको पनि गुनासो त्यस्तै छ , मतदान गरेर जसलाई जिताएपनि आफ्नो निम्ती केहि नगरेको उनको भनाई छ आफुले मतदान गर्ने समयदेखी नै उनले मतदान गर्न छुटाएको छैन ।

स्थानीय चुनाबमा आफन्त वा छिमेकी उम्मेदवार हुँदा उनीहरुले मतदाता बोलाएका थिए । तर अहिले घर फर्किने मतदाताको संख्या कम छ । यसअघिको स्थानीय निर्वाचनमा तल्लोघर माथ्लोघर छिमेकी एवं आफन्त उम्मेदवार थिए। यसले गर्दा छिमेकी वा आफन्त मतदाता उत्साहपूर्वक मतदानमा सहभागी भएका थिए। अहिलेका उम्मेदवार कहाँ हुन् को हुन् भन्ने जानकारी मतदातालाई छैन । नीलकण्ठ ९ की मनमाया विक बताउछिन् ।

यसअघिका निर्वाचनलाई उदाहरण मान्ने हो भने धादिङमा लगभग सबै चुनाबमा हिंसा, बुथ कब्जाका घटना भएको देखिन्छ । मतदाताको कम चासो एवं मतदान केन्द्र राजनीतिक पार्टीको कब्जामा पुग्दा नै बुथ कब्जा हुने भएकोले पनि मतदातामा उत्साह कमी देखिएको हो ।

पछिल्लो समय चुनाव विथोल्ने गतिविधिपछि मतदाताको सुरक्षाका लागि सबै केन्द्र, स्थलमा सुरक्षा कडा बनाइएको छ । सुरक्षाको दृष्टिकोणले सरकारले धादिङलार्ई संवेदनशील जिल्लाको स्थानमा राखेसँगै सुरक्षालाई कडाई गरेको हो । उत्तरी धादिङको केहि मतदान स्थलमा बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच विवाद भई मतदान सुरु हुन नसकेको धादिङको खनियावास गाउँपालिका वडा नं २ मा बिहान १० बजेर १० मिनेटबाट मतदान सुरु भएको थियो । भने रुविभ्याली गाउँपालिका २ दोङदेन मा.विमा मध्यान्न १२ः०० बजेबाट मतदान सुरु भएको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार धादिङमा दिउँसो दुई बजेसम्म ५२ प्रतिशत मतदान भएको छ । २ नगरपालिका ११ गाउँपालिका रहेको धादिङमा २ सय ७५ वटा मतदान केन्द्र रहेका छन् ।

२०७४ मंसिर १० गते प्रकाशित

२०७४ मंसिर १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: