Fri. Jul 4th, 2025

धादिङमा ६६ प्रतिशत मत खस्यो

१० मंसिर,  धादिङ –

 

 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार भएको निर्वाचनमा ६६ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्य साँझ ५ बजेसम्म चलेको थियो ।

जिल्लाभर रहेका २ लाख ३३ हजार ५ सय ५ मतदाता रहेकोमा ६६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकृत ईश्वर सिंम्खडाले जानकारी दिए ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने खनियावास गाउँपालिका वडा नं २ मा बिहान १० बजेर १० मिनेटबाट मतदान सुरु भएको थियो भने रुविभ्याली गाउँपालिका २ दोङदेन मा.विमा मध्यान्न १२ः०० बजेबाट मतदान सुरु भएको थियो । जिल्लाका मतदानकेन्द्रहरुमा शान्तिपूर्वक मतदान कार्य भएको छ ।

 

२०७४ मंसिर १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: