

१० मंसिर, धादिङ –
धादिङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्ति रुपमा सम्पन्न भएको छ ।
२ सय ७५ वटा मतदानकेन्द्र रहेको धादिङ जिल्लाका ५१ वटा मतपेटिका हेलिकप्टर मार्फत ल्याइने प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
मोटरबाटो पुग्न नसकेको रुविभ्याली गाउँपालिकाका मतदानकेन्द्र र सदरमुकामदेखि टाढा रहेका मतदानकेन्द्रका मतपेटिका हेलिकप्टर मार्फत ल्याइने जानकारी दिए । केही मतपेटिका भने सदरमुकाम ल्याइदै गरेको छ ।
२०७४ मंसिर १० गते प्रकाशित