Fri. Jul 4th, 2025

धादिङको सल्यानटारमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु


११ मंसिर,  धादिङ –

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटार दाउन्नेमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

सल्यानटारबाट आरुघाट जाँदै गरेको बा ७९ प ७२७२ नम्बरको मोटरसाइकल दुर्घटना भई सडकबाट १० मिटर तल खसेको हो ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ सल्यानटारका २६ वर्षीय भुवन पाण्डे र ३० वर्षीय जितेन्द्र अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

 

२०७४ मंसिर ११ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: