

१२ मंसिर, काठमाडौँ –
भारत सरकारको निर्यातसम्बन्धी नयाँ नीतिका कारण नेपाली बजारमा प्याजको मूल्य आकासिएको छ । प्याजको निर्यातदर घटाउन भारतले न्यूनतम निर्यात मूल्य (एमईपी) प्रणाली कार्यान्वयनमा ल्याएपछि त्यसको असर नेपाली बजारमा परेको हो
भारतमा उत्पादन भएको प्याज केही महिनाअघिको बाढीका कारण खेतमै नष्ट भएको र प्याज भण्डारण गृहमा पानीले भिजेर नष्ट भएको थियो । मागअनुसार प्याज नहुँदा भारतमै प्याजको ठूलो अभाव भएपछि सरकारले निर्यातमा अंकुश लगाउन न्यूनतम निर्यात मूल्य ताकेको हो । भारतको विदेश व्यापार महानिर्देशनालयले प्रतिटन प्याज निर्यात गर्दा ४६ हजार चार सय ९२ नेपाली रुपैयाँ ९८५० डलर० एमईपी प्रणाली लागू गरेको छ।
गत साता लागू भएको यो प्रणाली आगामी पुस १६ गते ९३१ डिसेम्बर० सम्म कार्यान्वयन हुनेछ । भारतमा उत्पादन भइरहेको नयाँ प्याज पुस १६ पछि बजारमा आउन सुरु हुनेछ । भारतमै स्थानीय प्याज अपुग भएको अवस्थामा त्यहाँका थोक व्यापारीले नेपालसहित बंगलादेश र पाकिस्तानमा गर्दै आएको निर्यात घटाउन एमईपी प्रणाली कार्यान्वयनमा ल्याएको हो ।
भारतमा पछिल्लो समयमा प्रतिकिलो प्याजको मूल्य थोकमा ४० ९६४ रुपैयाँ नेपाली० बाट बढेर ५५ भारतीय रुपैयाँ ९८८ रुपैयाँ नेपाली० पुगेको छ भने खुद्रामा ७५ भारतीय रुपैयाँ ९एक सय २० नेपाली रुपैयाँ० पुगको छ । भारतमा प्याजको मूल्यले आकाश छुन थालेपछि भारतीय जनताले ट्विटर र फेसवुकमा स्थानीय सरकारको विरोध गर्न सुरु गरेका छन् । भारतीय अखबारका अनुसार पछिल्लो पाँच महिनाको अवधिमा प्याजको मूल्य अत्यधिक परिमाणमा बढेको छ ।
अन्य मुलुकमा सोझै निर्यात भइरहेको प्याजको ठूलो परिमाणलाई नियन्त्रण गरेर स्थानीय जनतालाई सर्वसुलभ मूल्यमा उपलब्ध गराउन भारतीय सरकारले यो प्रणाली कार्यान्वयनमा ल्याएको हो । भारतले यो वर्ष ३० प्रतिशत बढी प्याजको निर्यात गरेको छ । भारतको चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा १३।८६ टन प्याज निर्यात गरेको छ । यही अवधिमा गत वर्ष १०।६३ टन प्याज निर्यात गरेको थियो ।
निर्यात दर नियन्त्रण गर्न भारतले एमईपी प्रणाली कार्यान्वयनमा ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको राजस्थान, महाराष्ट्र, मध्य प्रदेश, गुजरात, आन्द्र प्रदेश, तमिलनाडु र कर्नाटकमा सबैभन्दा बढी प्याज उत्पादन हुन्छ।
काठमाडौंमा १ सय ३०
कालिमाटी तरकारी बजारका प्याजको थोक आयातकर्ता व्यवसायी अर्जुन सिलवालका अनुसार भारतको यो नीतिका कारण नेपालमा प्याजको मूल्य ह्वात्तै बढेको छ । ‘पछिल्लो दुई महिना यता तरकारीको उच्च मूल्यका कारण नेपाली उपभोक्ताले व्यहोरेको महँगिको भार केही कम हुनै लाग्दा अहिले प्याजको चर्को मूल्यले रुवाउन थालेको छु, सिलवालले भने । कात्तिक अन्तिम सातातिर प्रतिकिलो ६४ रुपैयाँ खुद्रा मूल्य रहेको प्याजको थोक मूल्य कालिमाटी बजारमा सोमबार ९५ रुपैयाँमा पुगेको छ ।
भारतीय एमईपी र आपूर्ति घटेका कारण प्रतिकिलो प्याजमा ३१ रुपैयाँ थपिएको छ । खुद्रा व्यापारीले त्यही थोक मूल्यमा थप ३५ रुपैयाँ थपेर उपभोक्तालाई प्रतिकिलो एक सय ३० रुपैयाँमा बिक्री गर्दै आएका छन् । नेपालमा खपत हुनेमध्ये ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ । नेपालको स्वदेशी उत्पादनले १५ दिनको मागलाई मात्रै धानेको फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले जानकारी दिए।
उनका अनुसार नेपालमा भारतको नासिक, इन्दौंर, कानपुर, चण्डीगढ र सिमलालगायत स्थानबाट प्याज आयात हुन्छ । प्याजको अभाव हुँदा यस्ता स्थानबाट अहिले दैनिक चार ट्रकको हाराहारीमा प्याज कालिमाटी तरकारी बजारमा भित्रिने गरेको छ । पहिले दैनिक ३० ट्रकसम्म प्याज आउने गथ्र्यो । नेपाली उपभोक्तालाई सस्तोमा प्याज उपलब्ध गराउन थोक आयातकर्ताले चीनबाट प्याज आयात गर्ने प्रक्रिया सुरु गरेका छन् ।
तर, नेपाली उपभोक्ताले चीनको प्याज उपभोग गर्न कम्तीमा एक महिना कुर्नुपर्नेछ । एलसी खोलेर चीनबाट प्याज आयात गर्न कम्तिमा एक महिनाको समय लाग्छ । चीनको प्याजमा अत्यधिक परिमाणमा पानीको मात्रा हुने र हेर्दा कालोजस्तो देखिने हुनाले नेपाली उपभोक्ताले चीनको प्याज त्यति रुचाउन नसकेको व्यवसायीको भनाइ छ ।
अन्नपूर्णपोष्ट दैनिकबाट
२०७४ मंसिर १२ गते प्रकाशित