Sat. Jul 27th, 2024

संयोजक र स्वयंसेवकलाई अनुशिक्षण व्यवस्थापन तालिम

sahakari-logo
धादिङ – नयाँ सहकारी स्थापना गरेर संचालनको तयारीमा रहेका साना किसान कृषि सहकारी सस्थाका संयोजक र स्वयंसेवकहरुका लागि बिहीबारबाट धादिङबेसीमा अनुशिक्षण व्यवस्थापन तालिम सुरु भएको छ ।

नयाँ स्थापना हुन लागेका सहकारीहरुका कर्मचारीहरुलाई काम गर्न सजिलो बनाउने उद्देश्यले संचालक र स्वयंसेवकहरुलाई साना किसान कृषि सहकारी संचालनका लागि आवश्यक प्रकृया र विधिहरुका बारेमा जानकारी गराउन तालिम आयोजना गरिएको हो । तालिममा साना किसान विकास बैकका अध्यक्ष एवं् नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष खेमबहादुर पाठकले विषयबस्तुका बारेमा सहभागीहरुलाई छलफल गराउनु भएको छ । दक्ष कर्मचारी विना सस्था चल्न नसक्ने भएकाले संचालनको तयारीमा रहेका सहकारीका कर्मचारीलाई नै तालिम दिइएको नेपाल कृषि सहकारी केन्द्रिय संघका महाप्रबन्धक रुद्र भट्टराइले बताउनुभयो ।

बिहीबारबाट तीन दिनसम्म संचालन हुने तालिममा धादिङ, ललितपुर र काभ्रे जिल्लाबाट सहभागी छन् । तालिममा धादिङको रि, लापा, तिप्लिङ, सत्यदेवी, मुलपानी र किरान्चोक गाविसमा संचालनको तयारीमा रहेका साना किसान कृषि सहकारीहरुको संयोजक र स्वयंसेवकहरुको सहभागिता रहेको साना किसान कृषि सहकारी संघ धादिङका प्रबन्धक श्यामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

About The Author

Loading...

अन्य समाचारहरु: