Sat. Jul 27th, 2024

प्रवेशिका परीक्षामा धादिङ जिल्लाबाट ६ हजार ९ सय ९१ जना परिक्षार्थी सहभागी

slc-exam-300x193

धादिङ -यसबर्षको प्रवेशिका परीक्षा एसएलसीमा धादिङ जिल्लाबाट ६ हजार ९ सय ९१ जना परिक्षार्थी सहभागी हुने भएका छन् ।

नियमित तर्फ ५ हजार ८ सय ६२ जना र एक्जाम्टेड तर्फबाट १ हजार १ सय २९ जना परीक्षामा सहभागी हुने जिल्ला शिक्षा अधिकारी गणेश प्रसाद ढकालले जानकारी दिनुभयो । प्रवेशिका परिक्षाको लागि धादिङमा यसबर्ष २१ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । अघिल्लो वर्ष २० ओटा परीक्षा केन्द्र रहेकोमा यस वर्ष सत्यवती गाउँ विकास समितिमा रहेको बछलादेवी उच्च माविमा एक ओटा केन्द्र थप गरी २१ ओटा केन्द्र निर्धारण गरिएको हो । अघिल्लो वर्ष केन्द्र रहेको धादिङ बोर्डिङको केन्द्र परिवर्तन गरेर यस वर्ष बालमन्दिर माध्यामिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ । प्रवेशिका परीक्षा आउदो चैत ५ गते परिक्षा विहान ८ बजेबाट हुँदैछ । एस एल सी परीक्षामा परीक्षार्थीहरुले प्रश्नपत्रको सिरानमा सिम्बोलन नम्बर लेख्नुपर्ने भएको छ । परीक्षा मर्यादित बनाउनका लागि प्रश्नपत्रको सिरानमा अनिवार्य सिम्बोल नम्बर उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले बताउनुभयो । प्रवेशिका परीक्षामा खटिने केन्द्राध्याक्षहरुलाई आवश्यक निर्देशन दिन धादिङ आउनुभएका द्धारेले यस वर्षदेखि केही नयाँ कामको सुरु गरेको भन्दै यस्तो बताउनुभएको हो ।

जिल्ला शिक्षा कार्यालयमा पत्रकारहरुसंग कुरा गर्नुहुँदै परीक्षा नियन्त्रक द्धारेले कर्मचारीहरुको मनोबल बढाउने र परीक्षालाई मर्यादित बनाउने उद्देश्यले यस वर्ष केन्द्राध्यक्षदेखि सहायकसम्मको भत्तामा बृद्धि गरिएको जानकारी दिनुभयो । परीक्षा नियन्त्रक द्धारले आइपरेका समस्या समाधान गर्न र अमर्यादित काम गर्नैलाई कारबाही गर्न आफु जतिवेला पनि तयार गरेको भन्दै ढुक्कका साथ परीक्षा संचालन गराउन केन्द्राध्यक्षहरुलाई निर्देशन दिनुभएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: