Sat. Jul 27th, 2024

खाद्यान्न पसलमा घातक विषादी विक्रि(फोटो सहित)

शंकर श्रेष्ठ

anugaman 1
२९ फागुन,  धादिङ – सदरमुकाम धादिङबेसीमा रहेका खाद्यान्न पसलहरुमा खुलेआम रुपमा विषादीहरु विक्रि भइरहेको भेटिएको छ । सदरमुकाममा रहेका खाद्यन्न पसल र कस्मेटिक पसलहरुले समेत घातक विषादी विक्रि गर्ने गरेको फेला परेको हो ।

जिल्ला विषादी व्यवस्थापन समन्वय समितिले शुक्रबार विहान अकस्मात गरेको अनुगमनको क्रममा खाद्यान्न र कस्मेटिक पसलहरुमा मुसा, झिंगा, लामखुट्टे मार्न प्रयोग गरिने बेगन, मटेनर, सल्फरमेथ्रिन, यम्ल्पोरथ्रिन, जिंक फस्फाइट, ब्रोमाड्रियोलियन लगायतका विषादी फेला पारेको हो । इजाजतपत्र बेगर बेच्न नपाइने कानूनी प्रावधान भएपनि खुलेआम रुपमा घातक विषादीहरु विक्रि भइरहेको भेटिएको विषादी  निरिक्षक माधव भट्टले जानकारी दिनुभयो ।

anugaman 2
जिल्ला सदरमुकाममा ठुलो मानिएको खाद्यन्न पसल निलकण्ठ सप्लायर्स, साझा मार्ट, कस्मेटिक सामानहरुको बिक्रि गर्ने सगुन स्टोर, विषादी विक्री गर्ने दुवाडी एग्रोभेट, रिजाल एग्रोभेट लगायतका एक दर्जन भन्दा बढी पसलहरुमा अनुगमन गरिएको हो ।
झिंगा, लामखुट्टे, सांला, मुसा मार्न प्रयोग गरिने विषादीहरु र घातक मानिएको रातो लेबल भएका विषादीहरु समेत खुलेआम खाद्यान्न पसलेहरुले विक्रि गर्दै आएको भेटिएको छ । खानेकुरा संगै विक्रि गरिरहेको फेला परेपछि केही विषादीहरु बरामद गरिएको छ । अनुगमनका क्रममा भेटिएका केही विषादी बरामद गरिएको भएपनि घातक विषादी भेटेका पसलहरुमा समेत सचेत गराएर छाडिएको भट्टले बताउनुभयो ।

anugaman 3
जिल्ला कृषि विकास कार्यालय प्रमुख महेन्द्रराज कौडालको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मा, जिल्ला विषादी निरिक्षक माधव भट्ट, लगायतको टोलीले सदरमुकामको विषादी पसल र खाद्यान्न पसलहरुमा अनुगमन गरेको हो । जिल्लामा १ सय ३० को संख्यामा विषादी पसलहरु रहेपनि दर्ता गर्नेहरुको संख्या एकदमै थोरै रहेको जिल्ला विषादी व्यवस्थापन समन्वय समितिले जनाएको छ ।

तालिम लिएर मात्र विषदी विक्रि गर्नु पर्ने, इजजाजत लिएर मात्र विषादी कारोबार गर्नु पर्ने, तथा मापदण्ड पुरा गरेर विषादी पसल सञ्चालन गर्नु पर्ने कानूनी प्रावधान छ । तर, अनुगमनमा परेका अधिकांश पसलेहरुले ग्राहकले विषादी खोज्ने गरेको र अरुले पनि राखेको देखेर आफुले पनि राखेको प्रतिक्रिया दिएका छन् ।

anugaman 4anugaman 5

About The Author

Loading...

अन्य समाचारहरु: