Fri. Jul 4th, 2025

चितवनको फिस्लिङमा वस दुर्घटना , ७ जनाको मृत्य ,२३ घाइते (अपडेट)

१३ मंसिर, धादिङ

चितवनको ईच्छाकामना गाउँपालिका ४ फिस्लिङवाट त्रिशुली नदिमा बस खस्दा ७ जनाको मृत्यु भएको छ ।

बिहान ९ः१५ बजे तिर काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको लु २ ख २९१ नम्बरको बस र विपरीत दिशावाट आउदै गरेको ना ६ ख ४९६२ नम्वरको ट्रक संग ठोक्कीएर त्रिशुली नदिमा खसेको हो ।
दुर्घटनामा परेका २३ जनामध्ये १० जनालाई उपचारको लागि हेलिकोप्टरवाट काठमान्डौ पठाईएको छ भने वाँकीको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।

काठमान्डौवाट २६ जनाका चलानी लिएर गुडेको वसमा विच वाटोमा कति यात्रु चढेको यकिन हुन सकेको छैन । घटना स्थलमा शसस्त्र प्रहरी, नेपाल प्रहरी , नेपाली सेनाले डुङगाको माध्यमवाट खोजी कार्य जारी राखेको छ । मृत्यु भएका ७ जनाको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

२०७४ मंसिर १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: