

१६ मंसिर, धादिङ –
चेकजाँच गर्ने क्रममा बसमा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज पारेको छ । गजुरीबाट खटिएको सेनाको टोलीले डिस्पोज पारेको प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार काकडभित्ताबाट काठमाडौँ जादै गरेको ना ७ ख ४९७६ नम्बरको बसको डिकिमा लुकाएर राखिएको विस्पोटक पदार्थसहित प्रहरी दुई भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।
त्रिभुवन राजपथ अन्र्तगत धादिङको धुनीबेसी नगरपालिका वडा नं ८ खानीखोलामा सुराकीका आधारमा एकवटा प्रेसर कुकुर बम, दुईवटा सकेट बम र विस्फोटक पदार्थ बनाउने सामग्री बरामद गरेको थियोे ।
२०७४ मंसिर १६ गते प्रकाशित