
२० मंसिर, धादिङ –
सामाजिक सेवामा लागि परेको धादिङका नारायणकुमार श्रेष्ठले अन्र्तराष्ट्रिय स्वंयसेवक अवार्ड पाएका छन् ।
अन्र्तराष्ट्रिय स्वंयसेवक दिवसको अवसर पारेर युएनले मंगलबार श्रेष्ठसहित तीन जनालाई अवार्ड प्रदान गरेको हो । उनले अवार्ड सहित ५० हजार नगद पनि पाएका छन् ।
२०७२ सालमा गएको भूकम्पबाट घाईते भएकाहरुको उद्धार तथा प्राथमिक उपचारका कार्यमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए । नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखा धादिङमा आबद्ध उनी एम्बुलेन्स अंकलको रुपमा पनि परिचित छन् । अवार्ड पाएसँगै आफूलाई थप अगाडि बढ्ने प्रेरणा मिलेको श्रेष्ठको भनाई छ । मानवीय सेवामा अझै लाग्नका लागि हौसला मिलेको बताए ।
दिवसको अवसरमा श्रेष्ठसहित सुर्खेतका सजना सुनार र विरगंजका राजनकुमार श्रीभास्तभलाई अवार्ड सहित जनही ५० हजार नगद प्रदान गरिएको हो ।
२०७४ मंसिर २० गते प्रकाशित