Fri. Jul 4th, 2025

अपाङगता भएका बालबालिकाहरुलाई एभरेष्ट बैङ्कको सहयोग

२० मंसिर, धादिङ

एभरेष्ट वैङ्कको २३ औ वार्षीक उत्सवको अवसरमा अपाङगता भएका बालबालिकाहरुलाई सहयोग गरेको छ ।
वैङकले मंगलवार निलकण्ठ नगरपालिका ३ मा रहेको बौद्धिक अपाङगता अभिभावक संघमा रहेका अशक्त बालबालिकालाई आवश्यक सामाग्री बितरण गरेको हो ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एभरेष्ट बैङ्क धादिङका व्रान्च म्यानेजर राजिबधर श्रेष्ठ र अन्य कर्मचारीहरुले सहयोग सामाग्री वितरण गरका थिए । यस वैङ्कले सामाजिक क्षेत्रमा सहयोगी कार्यहरु गर्दै आएको छ ।

बालबालिकाहरुलाई जाडो मौसममा लगाउने स्वीटर तथा न्यानो कपडाहरु वितरण गरेका थिए । एभरेष्ट वैङ्कले देशभर ६४ शाखा विस्तार गरी सेवा दिदै आएको छ ।
२०६७ सालमा स्थापना भएको यस बौद्धिक अपाङगता अभिभावक संघमा विभिन्न जिल्लाका २४ जना अपाङ्गता भएका बालबालिका रहेका छन् ।

 २०७४ मंसिर २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: