
२० मंसिर, धादिङ
सूचनाको हकले मुलुकमा सुशासन कायम गर्ने भन्दै त्यसको सही प्रयोग गर्न सुचना आयुक्त यसोदादेवी तिमल्सेनाले आग्रह गरेकी छन् ।
विपत् पछिको असुरक्षित वैदेशिक रोजगारी र मानव वेचविखन न्युनिकरणमा सुचनाको हकको प्रयोग शुभारम्भ कार्यक्रममा आयुक्त यसोदा देवी तिमल्सेनाले पारदर्शीता र सुशासनले लोकतन्त्रलाई सुदृढीकरण गर्छ र राज्य बलियो हन्छ भनिन्।
आयुक्त तिमल्सेनाले लोकतान्त्रिक शासन प्रणालीमा संविधान र कानूनबमोजिम सरकारका प्रत्येक काम कारबाहीमा जनता सूचनाको हकदार हुन्छन् भन्ने भावनाका साथ काम गर्नु कर्मचारीको कर्तव्य भएको बताईन् ।
नागरिक निगरानी र खबरदारीका लागि सूचनाको हक महत्वपूर्ण हुने उनको भनाइ छ । जनतामा सूचनाको हकसम्बन्धी चेतना अभिवृद्धि गराउने राष्ट्रिय सूचना आयोगबाट भएका प्रयासको प्रशंसा गरिन् । उनले सूचना आयोगले सूचनाको हकलाई स्थानीयस्तरसम्म र्पु¥याउन लागि परेको बताईन् ।
विपत् पछिको असुरक्षित वैदेशिक रोजगारी र मानव वेचविखन न्युनिकरणमा सुचनाको हकको प्रयोग शुभारम्भ धादिङमा पनि शुभारम्भ भएको छ । कार्यान्वयन गर्ने संस्था म्याग रहेको यस कार्यक्रममा युएन ओमेन सहयोगी संस्था रहेको छ । कार्यक्रममा संचारीका समुह नेपालकी अध्यक्ष बबिता वस्नेत सुचना आयुक्त यसोदा देवी तिमल्सेना लगाएत सरोकारवालाहरुको उपस्तिथ रहेको थियो ।
२०७४ मंसिर २० गते प्रकाशित