Fri. Jul 4th, 2025

धादिङमा आजबाट मतगणना सुरु गरिने, यस्तो छ तयारी

२१ मंसिर,  धादिङ –

धादिङ जिल्लामा मंसिर १० गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना कार्य आज(विहिबार)बाट सुरु गरिने जिल्ला निर्वाचन कार्यललय धादिङले जनाएको छ ।

साँझ ५ बजेबाट मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत उमेश कोईरालाले जानकारी दिए । मतगणनाका लागि स्थलमा तारजाली लगाइएको छ भने सिसिटिभी पनि जडान गरिएको छ ।

धादिङ क्षेत्र न १ को जिल्ला भूसंरक्षण कार्यालयको तालिम हलमा र क्षेत्र न २ को जिल्ला समन्वय समितिको सभाहल मत गणना गरिने छ ।

दुई फरक फरक स्थानमा मत गणनाका लागि प्रत्येक केन्द्रमा १२ जना दरले एक पटकमा ४८ जना कर्मचारीको ब्यबस्थापन गरिएको छ । धादिङ जिल्लामा दुईलाख ३३ हजार ५ सय ५ मतदाता रहेकोमा १ लाख ५६ हजार ३ सय ८५ जनाले मात्र मतदान गरेका थिए ।

दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको धादिङका २७५ मतदान केन्द्रका ८२५ मतपेटिका रहेका छन् ।

२०७४ मंसिर २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: