Fri. Jul 4th, 2025

निर्वाचनले पृथ्वी राजमार्ग सुनसान

२१ मंसिर,  धादिङ –

 

निर्वाचनले विहिबार पृथ्वी राजमार्ग सुनसान भएको छ ।

मंसिर १० गते नै निर्वाचन सम्पन्न भइसकेको पृथ्वी राजमार्गमा पर्ने धादिङ जिल्लामा सवारी साधन नचल्दा सुनसान देखिएको छ । सधै यातयातका साधनले भरिने राजमार्गमा सवारी नचल्दा सुनसान देखिएको छ । सवारी नचल्दा जिल्लाभित्र नै ओहोरदोहोर गर्ने यात्रुलाई समस्या परेको छ ।

धादिङबेसीबाट काठमाडौँ, पोखरा र चितवन लगायतका जिल्लामा संचालन हुने सवारी साधन चलेको छैन । यी जिल्लामा दोस्रो चरणको निर्वाचन संचालन भइरहेका कारण यातयातका साधन चल्न रोक गराएकाले धादिङबेसीबाट नै सवारी चल्न नसकेको हो ।

दोस्रो चरणको निर्वाचन भइरहेका जिल्लाका बीचमा पर्ने पृथ्वी राजमार्गको धादिङ जिल्लामा मंसिर १० गते नै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भइसेको छ । दुई जिल्लाको सीमाका नाका भएर पनि सवारी चल्न नसकेको हो ।

निर्वाचन हुने जिल्लाका नाकामा सुरक्षा व्यवस्था कडाई गरिएको छ । राजमार्ग हुँदै राजधानी छिर्ने नाका नाकढुंगा क्षेत्र र चितवन छिर्ने नाका मौवाखोलामा बाक्लो मात्रामा सुरक्षाकर्मी खटाइएको छ । निर्वाचन भइरहेका कुनै पनि जिल्लामा विना अनुमति सवारी चल्न दिएको छैन ।

 

२०७४ मंसिर २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: