Fri. Jul 4th, 2025

धादिङमा मतगणना सुरु (भिडियो सहित)


२१ मंसिर, धादिङ –

धादिङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना विहिबार साँझ ६ बजेबाट सुरु गरिएको छ । मतगणना स्थलमा तारजाली लगाइएको छ भने सिसिटिभी पनि जडान गरिएको छ ।

धादिङ जिल्लाको मतगणना दुई अलग अलग ठाउँमा मतगणना गरिएको छ । क्षेत्र न १ को जिल्ला भूसंरक्षण कार्यालयको तालिम हलमा र क्षेत्र न २ को जिल्ला समन्वय समितिको सभाहल मत गणना गरिएको छ । प्रत्येक केन्द्रमा १२ जनाका दरले मतगणना स्थलमा ४८ जना कर्मचारी खटिएका छन् ।

धादिङ जिल्लामा दुईलाख ३३ हजार ५ सय ५ मतदाता रहेकोमा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १ लाख ५६ हजार ३ सय ८५ जनाले मतदान गरेका थिए .

भिडियो हेर्नुहोस

२०७४ मंसिर २१ गते प्रकाशितत

About The Author

अन्य समाचारहरु: