Tue. Jan 14th, 2025

वर्ष-व्यक्तिको रुपमा प्रियंका र सौगात

1b55d1fb678ddb46ffc512e32187f83f_L

काठमाडौं – अभिनेत्री प्रियंका कार्की फिल्म क्षेत्रकी वर्ष–महिला चुनिनुभएको छ । फिल्मीखबर साप्ताहिक पत्रिकाले आफू ६ वर्ष लागेको उपलक्ष्यमा नेपाली फिल्ममा वर्षभर देखाएको सक्रियताका आधारमा वर्ष–पुरुष र वर्ष–महिला छनोट गरेको हो।

अनामनगरस्थित युनियन हाउसमा बिहीबार सम्पन्न कार्यक्रममा वर्ष–पुरुषको सम्मान भने कान्छा निर्देशकको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा नाम लेखाउन सफल सौगात विष्टलाई प्रदान गरियो।

८ वर्षको उमेरमा लभ यु बाबा निर्देशन गरेका सौगातको सो कामलाई गिनिजले केही दिनअघि वैधानिकता दिएको थियो। पत्रिका सम्पादक शान्तिप्रियले अघिल्ला वर्षहरुमा प्रदान गर्दै आएको वर्ष अभिनेता–अभिनेत्रीको सम्मानलाई परिमार्जित गर्दै वर्ष–व्यक्तिमा रुपान्तरण गरिएको जानकारी गराएको थियो। कुनै पनि कलाकारले वर्षभरि गरेका कामको मूल्यांकन गर्दै वर्ष व्यक्ति महिला र पुरुषको छनोट गरिने उहाँले बताउनुभयो ।

About The Author

अन्य समाचारहरु: