

२२ मंसिर, धादिङ –
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाममा धादिङका मतदाताहरु रहेका छन् । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सदरमुकाम धादिङबेसीमा मतगणना कार्य भइरहेको छ । मतदाताहरु भने मतपरिणामको प्रतिक्षामा छन् । मतगणना स्थल वरिपरि तारजाली लगाइएको छ भने सिसिभिटी जडान गरिएको छ ।
धादिङ जिल्लामा दुईलाख ३३ हजार ५ सय ५ मतदाता रहेकोमा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १ लाख ५६ हजार ३ सय ८५ जनाले मतदान गरेका थिए । मतगणनास्थल बाहिर राजनीतिक दलका नेता, कार्यकर्ता, पत्रकार तथा स्थानीय मत परिणामको प्रतिक्षामा छन् ।
भिडियो
२०७४ मंसिर २२ गते प्रकाशित