Sat. Jul 5th, 2025

मकवानपुर ट्रिपर दुर्घटना, दुई म्यादी प्रहरीसहित ३ जनाको मृत्यु

२२ मंसिर, काठमाडौं –

 

मकवानपुरको भीमफेदी–२ चुनियाँमा भएको ट्रिपर दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना म्यादी प्रहरी पनि छन् ।

ट्रिपर चालकको पनि मृत्यु भएको र मृतकहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको उत्तरी क्षत्रेमा चुनाव गराएर हेटौंडा फर्किंदै गरेका म्यादी प्रहरीको मृत्यु भएको हो ।

घटनामा घाइतेका भएका अर्को एक जनालाई हेटौंडा अस्पताल ल्याइएको छ ।

 

२०७४ मंसिर २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: