Sat. Jul 5th, 2025

धादिङको सबै क्षेत्रमा बामगठबन्धन अगाडि, यस्तो छ पछिल्लो मतपरिणाम

२१ मंसिर, धादिङ –

 

धादिङ जिल्लाको ६ वटै क्षेत्रको मतगणना कार्य जारी छ । पछिल्लो मतपरिणाम अनुसार धादिङको सबै क्षेत्रमा बाम गठबन्धन अगाडि रहेका छन् । धादिङ १ को प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रमा बामगठबन्धन दोब्बर मतले अगाडि छन् । सुरुवातीमै अग्रता लिएको बामगठबन्धनले अहिले दोब्बर मतले लोकतान्त्रिक गठबन्धनलाई पछि पारेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा बामगठबन्धना उम्मेदवार नेकपा एमालेका भूमि त्रिपाठीले २३ हजार ८५९ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका उम्मेदवार विश्व अर्यालले १० हजार ५ सय २९ मत ल्याएका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा १ मा बामगठबन्धनका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले २० हजार ५५२ मत ल्याएका छन् भने पाण्डेलाई पछ्याउदै लोकतान्त्रिक गठबन्धनका मधुकुमार श्रेष्ठले १० हजार १ सय ३८ मत ल्याएका छन् । त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा २ मा बामगठबन्धनका उम्मेदवार शालिकग्राम जमरकट्टेलले १७ हजार २०२ मत ल्याए भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवार प्रभातकिरण सुवेदीले ७ हजार १७८ मत ल्याएका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा भने मतान्तर थोरै मात्र देखिन्छ । प्रतिनिधिसभाका उम्मेदवार बामगठबन्धनका खेम लोहनीले १७ हजार १ सय ५० मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका दिलमान पाख्रिनले १६ हजार ६ सय १५ मत ल्याए । प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा १ मा बामगठबन्धनका डा.रामकुमार अधिकारीले १३ हजार ८ सय १५ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका रमेश धमलाले १३ हजार २ सय ६१ मत ल्याएका छन् ।

प्रदेशसभा २ मा भने लोकतान्त्रिक गठबन्धनले अग्रता लिएको छ । बामगठबन्धनका जगत सिंम्खडाको १४ हजार ९२ मत छ भने लोकतान्त्रिक गठबन्धनका डम्बर तामाङको १३ हजार ३ सय ३० मत ल्याएका छन् । मत गणना जारी छ ।

२०७४ मंसिर २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: