
२२ मंसिर, धादिङ –
धादिङको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा २ मा माअोवादी केन्द्रका उम्मेदवार जगत सिंम्खडाले १७ हजार ६ सय ५ मत ल्याई विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्धन्द्धि राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बरबहादुर तामाङले १५ हजार ७ सय ७४ मत ल्याएका छन् । यस प्रदेशमा ३५ हजार ६ सय ७ मत खसेको थियो ।
सिंम्खडाको मतान्तर १खहजार ८ सय ३१ रहेको छ । यो मतपरिणामलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा घोषणा गर्न बाँकी छ ।
२०७४ मंसिर २२ गते प्रकाशित