
२२ मंसिर, धादिङ –
धादिङको प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा २ मा माओवादी केन्द्रका शालिकग्राम जमरकट्टेल विजयी भएका छन् ।
जमरकट्टेलले २३ हजार ३ सय ८२ मत ल्याई विजयी भएका हुन् । जमरकट्टेलका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४ सय ७ मत ल्याएका छन् । कुल ३५ हजार ८ सय २९ मत यस क्षेत्रमा खसेको थियो ।
जमरकट्टेल र सुवेदीबीच १२ हजार ९ सय ७५ मतान्तर रहेको छ । मतपरिणामको मुख्य निर्वाचन अधिकृतले घोषणा गर्न बाँकी छ ।