Sat. Jul 5th, 2025

धादिङ २ मा एमालेका खेमप्रसाद लोहनी विजयी


२३ मंसिर,  धादिङ –

धादिङको प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा एमालेका खेमप्रसाद लोहनी विजयी भएका छन् ।

लोहनीले ३६ हजार २ सय ५३ मत ल्याई विजयी भएका छन् । बामगठबन्धनबाट उम्मेदवार बनेका लोहनीले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका दिलमान पाख्रिनलाई ६ सय ३९ मतान्तरले फरक पार्दै विजयी भएका हुन् ।

लोहनीका निकटतम प्रतिद्धन्द्धि पाख्रिनले ३५ हजार ६ सय १४ मत ल्याए । कुल १ लाख १५ हजार ३ सय ५५ मतदाता रहेको यस क्षेत्रमा मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७६ हजार ९ सय ५० मत खसेको थियो ।

 

२०७४ मंसिर २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: