Sat. Jul 5th, 2025

धादिङको सबै क्षेत्रमा बाम उम्मेदवार विजयी

२३ मंसिर,  धादिङ –

दुई प्रतिनिधिसभा र ४ प्रदेशसभा रहेको धादिङ जिल्लाको सबै क्षेत्रमा बामगठबन्धनका उम्मेदवारले विजयी हाँसिल गरका छन् ।

धादिङको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा एमालेका भूमि त्रिपाठी विजयी भएका छन् । त्रिपाठीले ४९ हजार १ सय २१ मत ल्याई विजयी भएका छन् । बामगठबन्धनबाट उम्मेदवार बनेका त्रिपाठीले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका विश्व अर्याललाई २७ हजार १ सय ५३ मतान्तरले फरक पार्दै विजयी भएका हुन् । त्रिपाठीका निकटतम प्रतिद्धन्द्धि अर्यालले २१ हजार ९ सय ६८ मत ल्याए । कुल १ लाख १८ हजार १ सय ५० मतदाता रहेको यस क्षेत्रमा मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७९ हजार ४ सय २३ मत खसेको थियो ।

धादिङको प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा एमालेका खेमप्रसाद लोहनी विजयी भएका छन् । लोहनीले ३६ हजार २ सय ५३ मत ल्याई विजयी भएका छन् । बामगठबन्धनबाट उम्मेदवार बनेका लोहनीले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका दिलमान पाख्रिनलाई ६ सय ३९ मतान्तरले फरक पार्दै विजयी भएका हुन् । लोहनीका निकटतम प्रतिद्धन्द्धि पाख्रिनले ३५ हजार ६ सय १४ मत ल्याए । कुल १ लाख १५ हजार ३ सय ५५ मतदाता रहेको यस क्षेत्रमा मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७६ हजार ९ सय ५० मत खसेको थियो ।

प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा १ मा नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३ सय ३२ मत विजयी भएका छन् । बामगठबन्धनबाट उम्मेदवार बनेका पाण्डेले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका मधुकुमार श्रेष्ठलाई १३ हजार ६ सय ८५ मतान्तरले फरक पार्दै विजयी भएका हुन् । पाण्डेका निकटतम प्रतिद्धन्द्धि मधुकुमार श्रेष्ठले १३ हजार ६ सय ४७ मत ल्याए । कुल ४३ हजार ५ सय ६४ मत खसेको थियो ।

धादिङको प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा २ मा माओवादी केन्द्रका शालिकग्राम जमरकट्टेल विजयी भएका छन् । जमरकट्टेलले २३ हजार ३ सय ८२ मत ल्याई विजयी भएका हुन् । जमरकट्टेलका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४ सय ७ मत ल्याएका छन् । कुल ३५ हजार ८ सय २९ मत यस क्षेत्रमा खसेको थियो । जमरकट्टेल र सुवेदीबीच १२ हजार ९ सय ७५ मतान्तर रहेको छ ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार रामकुमार अधिकारी विजयी भएका छन् । अधिकारीले २० हजार ३ सय ६३ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका रमेश धमलाले १९ हजार १५ मत ल्याएका छन् । यस प्रदेशमा ४१ हजार ३ सय ४३ मत खसेको थियो । अधिकारीको मतान्तर १ हजार ३ सय ४८ रहेको छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा २ मा माअ‍ोवादी केन्द्रका उम्मेदवार जगत सिंम्खडाले १७ हजार ६ सय ५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धि राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बरबहादुर तामाङले १५ हजार ७ सय ७४ मत ल्याएका छन् । यस प्रदेशमा ३५ हजार ६ सय ७ मत खसेको थियो । सिंम्खडाको मतान्तर १ हजार ८ सय ३१ रहेको छ ।

२०७४ मंसिर २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: