
२३ मंसिर, काठमाडौँँ–
नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सांसद निर्वाचित भएका छन् ।
केहिबेर अघि सम्पन्न मतगणनामा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डाक्टर राजन भट्टराईलाई ३ हजार भन्दा बढी मतले पछि पार्दै थापा विजयी भएका हुन् ।
थापा २१ हजार ५ सय ५८ ल्याएर काठमाडौं ४ बाट दोस्रो पटक निर्वाचित भएका हुन् । यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि थापाले यही क्षेत्रबाट जितेका थिए ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका डा. राजन भट्टराईले १८ हजार १ सय ४० मत पाए ।
२०७४ मंसिर २३ गते प्रकाशित