
२३ मंसिर, काठमाडौँ
सिन्धुपाल्चोकका दुईवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभाका लागि क्षेत्रनम्बर १ मा माओवादीका अग्नि सापकोटा र क्षेत्रनम्बर २ मा एमालेका शेरबहादुर तामाङ विजयी भएका छन् ।
पूर्वसञ्चारमन्त्री समेत रहेका सापकोटाले बहालवाला सञ्चारमन्त्री कांग्रेसका मोहन बहादुर बस्नेतलाई १० हजार ७ सय ६ मत अन्तरले हराएका छन् । सापकोटाले ४० हजार ५ सय ४ मत पाउँदा बस्नेत २९ हजार ७ सय ९८ मतमा रोकिए ।
२०७४ मंसिर २३ गते प्रकाशित