२४ मंसिर ,धादिङ –
गुगल सर्च इन्जिन पछिल्लो समयमा जनस्वास्थ्यका लागि समेत निकै महत्वपूर्ण तथा फलदायी बनिरहेको अध्ययनले देखाएको छ ।
बेलायतमा गरिएको एक अध्ययन अनुसार तिन चौथाई बेलायतीहरुले गुगल हेरेरै आफ्नो जिउमा हुने साना तिना स्वास्थ्य समस्याको उपचार आफै पहिल्याउने गरेका छन ।
शोधकर्ताहरुका अनुसार रोगका लक्षणहरु तथा उपचारका लागि प्रयोग हुने विधि र औषधि इत्यादिको बारेमा इन्टरनेटमा गुगल सर्चमार्फत खोजी गरी सामान्य रोगमा आफ्नो उपचार आफै गर्ने बेलायतीहरु हरेक दश जनामा ७ जना रहेका छन ।
सामान्य स्वास्थ्य समस्याका लागि समेत डाक्टरकोमा गएर चेकअप तथा उपचार गराउने जम्मा ३० प्रतिशत मात्र रहेका छन ।
औषतमा सबै बेलायतीहरु अहिले दुई तिहाइ जिवाणु तथा रोगविमारहरुको उपचार कुनै व्यवसायिक चिकित्सा उपचार विना आफै गर्नसक्ने विश्वास राख्दछन्न।
फ्युचर यू नामक संस्थाले गरेको अध्ययन अनुसार धेरै मानिसहरु इन्टरनेटमा विभिन्न खाले रोगहरुका बारेमा जानकारी लिने, अध्ययन गर्ने गरी स्वास्थ्यका विषयमा जागरुक हुने गरेका छन ।
त्यस्तै विगतमा ७५ प्रतिशत बेलायतीले घरायासी विधिबाट रोगको रोकथाम गर्ने गरेको पनि अध्ययनले देखाएको छ ।
७० प्रतिशत मानिसहरु आफ्नो खानपानमा एक वा केही पटक परिवर्तन गर्दा आफ्नो स्वास्थ्या सुधार आएको विश्वास गर्दछन र खानपान परिवर्तनको कौशल सिक्नका लागि पनि इन्टरनेटको सहारा लिन्छन ।
शोधले के देखाएको छ भने गुगलमा खोजेर आफ्नो रोग आफै पत्ता लगाउने मध्ये एक तिहाइले मात्र आफुले आफुलाई देखिएको रोगका लक्षणहरुको बारेमा यसअघि नै इन्टरनेटमा खोजतलास गरिसकेको कुरा डाक्टरलाई बताउँछन ।