

२४ मंसिर, धादिङ –
धादिङमा समानुपातिक मतगणना आज(आइतबार) बाट सुरु गरिने जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकृत ईश्वर सिंम्खडाले जानकारी दिए ।
प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्षतर्फको मतगणना सकिएसँगै समानुपातिक तर्फको पनि मतगणना सुरु गर्न लागिएको हो ।
धादिङका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा गरी छ वटै क्षेत्रको मतगणना एकै साथ गरिने निर्वाचन कार्यालले जानकारी दिएको छ ।
२०७४ मंसिर २४ गते प्रकाशित