

२४ मंसिर, धादिङ –
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम सकिएसँगै विजयी उम्मेदवारले विजयी ¥याली र सभाका कार्यक्रम सार्वजनिक गरिएको छ ।
नेकपा एमाले पार्टी कार्यालय धादिङबेसीमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम सार्वजनि गरेको हो । बैठकले बामगठबन्धनका शिर्ष नेताहरुलाई पार्टी एकता प्रक्रिया तुरुन्त थाल्न अनुरोध गर्ने निर्णय गरेको निर्वाचन क्षेत्र नं. २ प्रदेश नं. १ का संयोजक गुरु प्रसाद बुर्लाकोटीले बताए ।
कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नं २ मा निर्वाचित खेम लोहनी, प्रतिनिधिसभा २ को प्रदेशसभा २ मा निर्वाचित डा.रामकुमार अधिकारीले बुढीगण्डकी आयोजनाको चाडैँ नै निर्माण गर्नेदेखि पुननिर्माण, बाटोघाटो निर्माण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्ने बताएका छन् ।
पत्रकार सम्मेलनमा बामगठबन्धनका उम्मेदावारहरुलाई विजय गराउन मतदान गर्ने मतदाना, निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भुमिका निवाह गर्नुहुने जिल्ला प्रमुख निर्वाचन अधिकृत, सम्पूर्ण राष्ट्रसेबक कर्मचारी, शिक्षक, सबै सुरक्षा निकाय, सबै राजनितिक दल, पत्रकार, संचारजगत, नागरिक समाजलाई धन्यावाद दिएका छन् । विजयी कार्यक्रममा अनावश्यक तडकभडक नगर्न, मितव्ययी बन्न र विकृत संस्कृतिलाई निरुत्साहित गर्न सम्पूर्ण स्थानिय पार्टी कमिटी र कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
यस्ता छन् धादिङमा विजयी ¥याली र सभाका कार्यक्रम
– मंसिर २५ गते धुवाँकोट बिहान ८ः०० बजे
– मंसिर २५ गते नीलकण्ठ नगरपालिका वडा नं. १ – धुसेनी ११ः०० बजे
– मंसिर २५ गते नीलकण्ठ नगरपालिका भवन घर – दिउसो २ः०० बजे
– मंसिर २६ गते नीलकण्ठ नगरपालिका वडा नं. ४ – गैरीगाउँ ११ः०० बजे
– मंसिर २६ गते नीलकण्ठ नगरपालिका वडा नं. ७ – पिपलछाप २ः०० बजे
– मंसिर २७ गते नीलकण्ठ नगरपालिका वडा नं. ६ – सुनौलाबजार ११ः०० बजे
– मंसिर २७ गते नीलकण्ठ नगरपालिका वडा नं. ५ – फाक्से २ः०० बजे
– मंसिर २८ गते – कटुन्जे बजार ११ः०० बजे
– मंसिर २८ गते – थर्पू बजार २ः०० बजे
– मंसिर २९ गते सेम्जोङ – चौतारा बिहान ८ः०० बजे
– मंसिर २९ गते मार्पाक – मिलन बजार २ः०० बजे
– पौष ६ गते ढोला – राना चौतारा ११ः०० बजे
– पौष ६ गते मैदी – सातदोबाटे २ः०० बजे
– पौष ७ गते खरी – मैदान ११ः०० बजे
– पौष ७ गते चैनपुर – सालबास २ः०० बजे
– पौष ८ गते नी.न.पा. ९ मुरलीभञ्याङ – ज्यामिरे ११ः०० बजे
– पौष ८ गते नी.न.पा. १२ सांकोष – रिजाल डाँडा २ः०० बजे