
सृजना लम्साल / २८ मंसिर, धादिङ –
लामो समयसम्म कुवाको पानी बोकेर खानुपर्ने बाध्यता रहेका सिद्धलेकबासीको समस्या समाधान भएको छ । घरघरमै धारा निर्माण भएसँगै पानी लिन टाढा धाउनुपर्ने बाध्यता हटेको छ ।
धादिङको सिद्धलेक गाउँपालिकाको विभिन्न बस्तीहरुमा घरमै खानेपानी पुगेपछि स्थानीय खुशी भएका हुन् । बस्ती बसेदेखि नै कुवा तथा खोलाबाट पानी खादै आएका स्थानियहरु घर घरमा धारो भएपछि स्वर्गको आभाष भएको बताएका छन् ।
अक्फाम नेपालको साझेदारीमा फोकस नेपालद्वारा संचालित नेपाल भुकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत विभिन्न बस्तीमा त्यस क्षेत्रमा खानेपानीको व्यवस्था मिलाइएको हो ।
अक्सफाम र फोकस नेपाल संस्थाले सिद्धलेक गाउपालिकाको वडा नम्वर ६ स्थित डुम्रेभंज्याङ कालिका आधारभुत विद्यलयमा बालमैत्री धारा, लैङ्गिकमैत्री शौचालय निर्माण परियोजना, कुम्पुरभंज्याङ खानुेपानी परियोजना अन्तर्गत खानेपानीको मुहानमा ट्याङ्की निर्माण गरि ६८ घरमा धारा निर्माण गरेको कुम्पुरभंज्याङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष गंगालाल घलेले बताए ।
यसअघि एक घण्टा टाढाबाट पानी बोक्नुपर्ने र घन्टौसम्म कुर्नुपर्ने समस्या समाप्त भएर घर–घरमा पानी आएपछि अव भने अन्य दैनिक कार्य सञ्चालनमा पनि सहज हुने स्थानीयले बताएका छन् । जिल्लामा कार्यरत सम्वन्धित निकायका सरोकारवालाहरुको अनुगमन तथा सर्वेक्षणमा गएका सरोकारवाला निकायहरुसंग त्यहाँका स्थानियहरुले खुसी व्यक्त गरेका थिए ।
यसैगरी धादिङको वेनिघाट रोराङ गाउँपालिकामा पनिअक्सफाम र फोकस नेपालकै साझेदारीमा बेनिघाट रोराङ गाउपालिकाको वडा नम्वर ३ मा संचालित कात्राक खानेपानी आयोजना र वडा नम्वर ५ मा संचालित माइटार खानेपानी आयोजना सम्पन्न गरेका छन् । खानेपानी आयोजनाबाट कात्राकमा २५ घरधुरी लाभान्वित भएका छन् । परियोजनामार्फत हरेकको घरघरमा खानेपानी आएपछि अहिले गाउँबासीको दैनिकी नै परिवर्तन भएको कुम्पुर भंज्याङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष गंगालाल घलेले बताए ।
खानेपानी घरघरमा पुगेपछि खासगरि महिलाहरुलाई धेरै सहज भएको उनले बताए । लिफ्टीङ प्रविधिबाट पानी तानेकोले समय समयमा विद्युत लाईनमा समस्या आउने हुँदा तालिमको व्यवस्था गरिदन घलेले आग्रह गरे ।
२०७४ मंसिर २८ गते प्रकाशित